पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
भने पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २१७४ जना संक्रमणमुक्त भएका छन् ।यो सँगै संक्रमण मुक्त हुनेको कुल संख्या ८० हजार ९४५ जना रहेको छ ।
