कंचनपुर शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज (बुधबार ) फेला परेको छ ।
हिजो (मङ्गलबार) खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीय र परिवारका सदस्यले खोजी गर्ने क्रममा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको हो। इलाका प्रहरी कार्यालय झलारीको प्रहरीको टोलीले घटनाकोअनुसन्धानको गरिरहेको छ।
त्यी युवती संगै माछा मार्न भनि गएका उनका देवर अन्दाजी २६ वर्षका मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
