चलचित्र निर्देशक माधव खरेलको रचना तथा निर्देशन रहेको स्वदेश गीत ‘हाम्रो साझा हिमाल’ सार्वजनिक भएको छ । पुर्व स्वास्थ्य मन्त्री निक्ष शमसेर जवराको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जवराले यस्ता किसिमका गीतहरुले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नमा मद्दत पुग्ने बताए ।
पुर्ण राई, पसुपती ताम्राकार, कौशल राज खड्का, अस्मिता श्रेष्ठ, सम्झना श्री र विश्वास पराजुलीको स्वर रहेको गीतको भिडियोमा माधवराज खरेल, श्रीदेव भट्टराई, कमला जोशी, दीर्घराज जोशी, विश्वास पराजुली, पुर्ण राई, राजेन्द्र पुरी, अमन श्रेष्ठ, रोशन पोखरेल, सन्चबहादुर राई लगायतका कलाकारलाई देख्न सकिन्छ ।
राजन खरेलको छायाँकन तथा सम्पादन रहेको गीतमा कृष्ण के.सी.को ऐरेञ्ज रहेको छ । गीतका परिकल्पनाकार पुष्कर नेपाल रहेका छन् ।
साझा हिमाल गीतले नेपाल र नेपालमा रहेका अग्ला हिम श्रृङ्खलाहरु सम्पुर्ण विश्वको लागी गौरव तथा सानको विषय रहेको र एउटा नेपाल र नेपालीको मात्रै नभएर धर्तीमा बसोबास गर्ने सम्पुर्णको मानव जातीको हिमाल रहेको भन्दै यसको बर्णन गरेका छ । गीतको भिडियोलाई पिमनेपालको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।


