
सन्देश कोइराला
पुस११|जुठेल्नु सुधार का लागि दोलखाको शैलुङ गाउँपालिका मा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय ६० लाख पैसा अनिमियतता भयको भन्दै स्थानिय हरुले आरोप लगाउदै आयका छन। प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय आर्थीक बर्ष ०७५/७६ मा पुरानो प्रबृत्तिको जुठेल्नु आमा र बच्चाको स्वास्थ लाई असर पर्ने र त्यसलाइ न्युनिकरण गर्ने भन्दै जुठेल्नु सुधार अर्थात घरबाट निस्कियका सामान्य फोहोर फाल्ने घरै छेउको स्थान को प्रदुषण कम गर्ने र उदेश्यका साथ गाउँपालिका को २० ओटा आमा समुहलाइ ३ लाखको दरले जिल्ला स्वास्थ्य ले रकम जम्मा गरिदियको थियो।
प्रदेश सरकारले उक्त रकम जुठेल्नु सुधार,धुवारहित चुलो र किटानी-पिसानी मिलको लागि अख्तियारी दियको थियो।बिबिध शिर्षक मा खर्च गर्न दियको उक्त रकम मा व्यापक अनियमितता भयको स्थानिय भैरब काफ्ले ले जानकारी दियका छन।जुठेल्नु सुधारका निम्ति भनी रकम आमा समुहमा पठायको पैसा ,आमा समुहहरुको खाली चेकमा शैलुङ गाउँपालिका का स्वास्थ प्रमुख बिस्णु कार्किले अनिमियतता गरि रकम निकालियको आमासमुहरुको गुनासो छ।गाउँपालिका का प्रतिनिधि र स्वास्थ प्रमुखको मिलेमतो मा अनिमितता भयको आरोप लगाइएको छ।
उक्त रकम असार मसान्त भित्र खर्च गरिसक्नु पर्ने भयपनी रकमको अख्तियारी ढिला आयको हुनाले खर्च हुन केही ढिला भयको आमा समुहरुले ब्यक्त गरेका छन।गाउँपालिका शाखा का स्वास्थ प्रमुख बिस्णु कार्कि र जिल्ला स्वास्थ्य का कर्मचारी राजाराम कार्की को मिलेमतोमा जुठेल्नु सुधारका लागि भन्दै बिना प्रतिस्पर्धा ड्रम गरिद गरि आमा समूह हरुलाइ जुठेल्नु सुधारको काम गर्नुस भनेको आमा समुहरुको गुनासो छ।
खाली चेकमा हस्ताक्षर गर्न लगाइ उक्त पैसा अनिमियत रुपमा निकाशा गरिएकोमा स्थानिय हरुको दिनानु दिन असन्तुष्टि ब्यक्त गरेका छन।उक्त बिषय मा खाली चेक मा आफुले हस्ताक्षर गराएको गा.पा स्वास्थ प्रमुख बिस्णु कार्किले स्विकारेका छन।बजेट आर्थिक बर्षको अन्त्यमा आयको र बजेट फृज हुने सम्भावना भयकोले छिटै भुक्तानी को लागि खाली चेकमा हस्ताक्षर गराइएको उनको भनाइ छ।उनको अनुसार ड्रम बजार मुल्य भन्दा कम मुल्यमा भुत्तानी गरिएको ,कुनै अनिमियतता नभयको र आफुले कुनै ठगी नगरेको दाबी गरेका छन।
प्रदेश सरकारको अख्तियारी अनुसार जुठेल्नु सुधार,धुवारहित चुल्हो र किटानी-पिसानी मिल को लागो छुट्टायको उक्त रकम ड्रम किनेर अनियमितता गरेको आरोप सरोकार हरुले बतायका छन। २० ओटा आमा समुहमा ८२० सदस्य छन ,ड्रम पनि ८२० नै चाहिय पनि १२०० ओटा ड्रम किनियको छ।गाउँपालिका स्वास्थ प्रमुख बिस्णु कार्किका अनुसार बाकी ड्रम बिधालय ,क्लब,गुम्बा र बिबिध सामाजिक संस्था मा बाडने भनेपनी जुठेल्नु सुधारका लागि भनेर आमा समूह हरुलाइ आयको पैसा अनियमितता भयको भन्दै असन्तुष्ट ब्यक्त गरेका छन।
यसै बिषयमा जिल्ला स्वास्थ का प्रमुख बिभु झाले भने जुठेल्नु सुधारको निम्ति ड्रम किन्दैमा जुठेल्नु सुधार नहुने र यस शैलुङ गाउँपालिका बिषयमा अफुले अध्ययन गर्ने बताय।जिल्ला स्वास्थ का अधिकृत ले प्रदेश सरकार बाट प्राप्त भयको रकम आमा समुहहरुको खातामा जम्मा गरिदियको र ती आमासमुहहरु बाट नियम अनुसार नै प्रतिबेदन आयको दाबी गरेका छन।उनले ड्रम खरिदमा आफ्नो कुनै संग्लनता नरहेको बताय तर स्थनिय ले भने राजाराम कार्किको समेत मिलेमत्तो रहेको भन्दै आयका छन।ड्रम गरिद का क्रममा र योजना मा अनियमितता भयको स्थानियले दाबी गर्दै आयका छन।
यो खबर नयाँ पत्रीका मा
श्याम खतिवडा ले समेत लेखेका
