मुख्य समाचार

देउवाले गराए भटाभट निर्ण,यपौडेल समूहको बहिस्कार

[mashshare]

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन लक्षित शक्ति संघर्ष सुरु भएको छ । शीर्षनेताहरुको शक्ति संघर्ष विहीबार केन्द्रीय कार्यसमिति को बैठकमा प्रष्टसँग देखियो ।

उपचुनाव सकिएलगत्तै कांग्रेसले बिहीबारका लागि बैठक बोलाएको थियो । तर, १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विहीबार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्‍यो ।

 

पौडेल समूहको बहिस्कारका बावजुद सभापति शेरबहादुर देउवाले बैठक रोकेनन् । उनले सहमहामन्त्री प्रकाशशरण महतमार्फत नौबुँदे प्रस्ताव पेश गराए र दुई बुँदे निर्णयसमेत गराए ।

बैठकका एजेण्डा तय गर्ने क्रममा देउवानिकट उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेलसँग कुराकानी पनि गरेका थिए । त्यसक्रममा पौडेलले १४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउन सुझाए ।

बुधबार नै पदाधिकारीहरुले बैठकको एजेण्डा तय गरेका थिए । तर, त्यसमा महाधिवेशनको कार्यतालिका नपरेपछि पौडेलका नेताहरु विहीबारको बैठकमा अनुपस्थित भएका हुन् ।

बिहीबार पार्टी कार्यालयमा पुगेका पौडेलले सभापति देउवालाई भेटेर अरु एजेण्डामा सहमत भएको, तर महाधिवेशन कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने बताए । मंसिरभित्र महाधिवेशनको कार्यतालिका बनाउने पूर्वसहमति भएको पनि उनले सभापति देउवालाई स्मरण गराए ।

सभापति देउवाले यसबारे छलफल गरौंला भन्ने जवाफ दिएपछि उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार पौडेलको कोठामा आए । तर, त्यो छलफलमा पनि कुनै सहमतिको सूत्र निस्केन ।

स्रोतका अनुसार सभापति देउवाले फेरि छलफलमा बोलाउलान् र सहमति खोज्लान् भन्ने वरिष्ठ नेता पौडेलको अपेक्षा थियो । तर, पार्टी मुख्यसचिवमार्फत बैठक सुरु हुन लागेको सूचना आयो । त्यसपछि पौडेलले बैठक हलमा भएका महेश आचार्यलाई समेत फिर्ता बोलाएका थिए ।

कांग्रेसका एक नेता भन्छन्, ‘यो कोठाको माहौल अर्कै थियो । पार्टी सभापतिले आफूहरुलाई हेपेको नेताहरुले महसुस गरेका छन् । त्यसैले बैठक बहिस्कारको निर्णय भयो ।’

वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले महाधिवेशनलाई टार्ने नियत देखाएको आरोप लगाए । छिटो महाधिवेशन गरेर आगामी चुनाव जित्ने गरी काम गर्नुपर्नेमा पार्टी नेतृत्व त्यसविपरीत गएको भन्दै पौडेलले भने, ‘यो पार्टीको अहितमा छ ।

रामचन्द्र पौडेल, वरिष्ठ नेता

नेपाली कांग्रेसको विधानअनुसार कार्यकाल चार वर्ष हो । त्यो अब तीन महिना मात्र बाँकी छ । र, चार वर्ष अवधि पूरा भएपछि अर्को कार्यसमिति अधिवेशनबाट आउनुपर्छ । अहिलेसम्म महाधिवेशनको कार्यतालिका बन्न सकिरहेको छैन, जसका लागि हामीले एक वर्षभन्दा अगाडिदेखि भन्दै आएका छौं ।

आज हामीले के भन्यौं भन्दा कांग्रेसको १४ औं महाधिवेशन कहिले गर्ने हो ? महाधिवेशनमा पुग्न के-के गर्नुपर्छ ? क्रियाशील सदस्यता कहिलेसम्म टुंगो लगाउने ? वडाको चुनाव कहिल गर्ने ? जिल्ला, प्रदेशका चुनाव कहिले सक्ने र केन्द्रको अधिवेशन कहिले गर्ने ? यो कार्यतालिका बनाऔं ।

कात्तिकभित्र समायोजन सकेर मंसिरमा कार्यतालिका बनाउने हाम्रो पार्टीको निर्णय पनि छ । मंसिर सकिन लागिसक्यो । अब कार्यतालिका निर्माण गरेर अगाडि बढ्ने एजेण्डासमेत राख्न सभापतिजी मान्नुभएन, त्यसैले हामीले असहमति जनाउनुपर्‍यो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने १४ औं महाधिवेशनको कार्यतालिका बनाउने प्रक्रिया अघि बढाउनकै लागि अन्तरिम समायोजन के-कति भयो भनेर बिहीबारको बैठकमा पार्टीको निर्वाचन समितिसँग छलफल गरिएको बताएका छन् ।

रोकिएनन् देउवा

बैठक बहिस्कार गर्ने पौडेल समूहको निर्णय लिएर नेता आचार्य फेरि बैठक हलमा पुगे । तर, देउवा रोकिएनन् । दुबै महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का अनुपस्थित भएकाले सहमहामन्त्रीमार्फत प्रस्तावहरु पेश गराए ।

बैठकले चारवटा प्रस्ताव पास गर्‍यो, जसमा सागका पदक विजेताहरुलाई बधाइदेखि संवैधानिक परिषदको कार्यविधि परिर्वतन नगर्न सरकारलाई चेतावनीसम्म छ ।

अरु प्रस्तावमा भने निर्णय भएन । तर, पौडेल समूहले नल्याउन माग गर्दै आएको केन्द्रीय विभागहरु थप गर्ने र तरुण दलको म्याद ६ महिना थप्नेसमेत एजेण्डा बैठकमा प्रस्तुत भयो ।

कांग्रेसले हालै मात्र विधान संशोधन गरेर ४१ विभागलाई २८ मा झारेको थियो । तर, पार्टी सभापति देउवाले फेरि ४१ वटा विभागहरु बनाउने प्रस्ताव पेश गरेका छन् । चार वर्षसम्म विभागहरु बनाउन नसकेका पार्टी सभापतिले अहिले गुट बलियो बनाउनकै लागि प्रस्ताव ल्याएको संस्थापन इत्तरको आरोप छ ।

देउवा समूहले भने आगामी फागुनमा महाधिवेशन नहुने भएकाले केन्द्रीय विभागहरु बनाएर पार्टीलाई सक्रिय बनाउन खोजिएको तर्क गरेको छ ।

महाधिवेशनमुखी शक्ति संघर्ष

कांग्रेसको वर्तमान कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ । नयाँ महाधिवेशनको मिति तय भएको छैन । तर, नेताहरुलाई भने महाधिवेशन लागिसकेको छ ।

पार्टीमा देखिएको अहिलेको विवाद पनि महाधिवेशनमुखी भएको नेताहरु सहजै स्वीकार गर्छन् ।

वरिष्ठ नेता पौडेल समूह विभागहरु थप गर्ने प्रस्ताव कुनै हालतमा रोक्न र महाधिवेशनको कार्यतालिकाबारे निर्णय गराउन चाहन्छन् । नभए देउवाले यसै गरी पार्टी चलाउने र केन्द्रीय कार्यसमितिको म्याद डेढ वर्षसम्म ल्याउन सक्ने उनीहरुको आशंका छ ।

देउवा पक्ष भने अब बहुमतकै आधारमा भए पनि निर्णय गर्ने तयारीमा छन् । ‘सहमति भयो भने भयो, नभए अब बहुमतका आधारमा भए पनि निर्णय गछार्ंै’ देउवा पक्षीय एक पदाधिकारीले भने, ‘उपचुनावले पार्टीलाई एउटा उर्जा दिएको छ । त्यसअनुसार अब फटाफट निर्णय गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

प्रवक्ता विश्वप्रकाश शर्माले पनि कांग्रेस अब अनिर्णयको बन्दी नबन्ने बताए । पार्टीको अहित गर्ने कुनै प्रस्ताव नआएको भन्दै उनले भने, ‘कांग्रेस अब कुनै पनि विषयमा अनिर्णयको बन्दी बन्दैन । सहमतिपूर्वक सबै विषय टुंग्याउने र सहमति बन्दैन भने संगठनलाई गति दिन आवश्यक निर्णय गर्ने प्रक्रियाबमोजिम जानेछ ।’

शशांक र सिटौला कता ?

बिहीबार पौडेल समूहले बैठक बहिस्कार गर्दा महामन्त्री शशांक कोइराला र कृष्ण सिटौला अनुपस्थित थिए ।

कोइराला दाजु प्रकाश कोइरालाको घरमा पारिवारिक समारोह भएको भन्दै अनुपस्थित भएका थिए । सिटौला भने दिउँसो गृहजिल्ला झापा जानुपर्ने भन्दै बैठकमा गएका थिएनन् । तर, आगामी बैठकमा दुबै नेताले के गर्छन् भन्ने अर्थपूर्ण छ ।

पौडेल समूहले भने शुक्रबार आफ्नो समूहका नेताहरुको बैठक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बोलाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close