२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न ग्राण्डी अस्पताल पुगेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरे लगतै उनी अस्पताल पुगेका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भनेका छन् ।
साभार
२०७६ मंसिर २४ गते १९:२६ मा प्रकाशित

