भाद्र ७, काठमाडौं । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थपिने जनाएको छ । विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको प्रशासनले जनाएको छ ।
केहि साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ ।
निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ ।
