
भाद्र,६ काठमाडौँ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको हल्ला चलिरहेका बेला वामदेव गौतमले आफु अझै एमालेमै रहेको बताउनु भएको छ ।
साथै, गाैतमका स्वकिय सचिव दिपक टमाटाले वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएकाे र उहाँकाे चरित्र हत्या गर्ने काम मात्र भएकाे कुरा सामजिक संजाल मार्फत आज आफ्नो फेसबुकमा स्टाटस लेख्दै स्पस्ट पर्नु भएको छ।

त्यस्तै, सचिवालयले विभिन्न खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको र नझुक्किन पनि अनुरोध गरेकाे छ ।