काठमाडौं ५ भदौ ।विश्व महामारीको कोरोना भाइरस (कोभिड-१९) “तेस्रो लहर सगै संक्रमणवाट वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । नेपाली हाँस्य टेलिशृङ्खला हल्का चर्चित कलाकार ‘बखते’ को उपनाम कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले अनलाइन खबरलाई जानकारी दिएको छन् ।
कोरोना सक्रमित भएपछि दुई साताअघि शम्भुराज थापालाई पाटन अस्पताल उपचारको लागी भर्ना गरिएको थियो । स्वास्थ्यमा झन् जटिलता देखिदै आएपछि भेन्टिलेटरमा राखेर उहाको उपचार भइरहेको थियो ।

पछिल्लो समय चर्चित नेपाली हाँस्य टेलिशृङ्खला सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा ‘खुइलीको बा’को भूमिकामा देखिँदै आउनु भएको थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा समेत अभिनय गर्नु भएको छ ।नेपाली टेलिफिल्म मार्फत अरुलाई कोरोनाबाट बच्न सजग र सतर्क गराउँदा आउनु भएको उहानै कोरोनाको कोरोना सक्रमिन साक्रमण बाट ज्यान गएको छ।

