काठमाडौ ३० साउन। सहकारी क्षेत्रको सर्वोच्च निकायको रुपमा रहेकाे सहकारी बिकास बोर्डमा बाग्मती प्रदेश सरकारले वरिष्ठ पत्रकार श्री गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको छ। मन्त्रि परिषद्ले 2078 साउन 28 गतेको निर्णयअनुसार श्री दुलाललाई नियुक्त गरेको हो ।
सहकारी ऐनमा व्यवस्था भएअनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्री को अध्यक्षतामा गठन हुने 15 सदस्य सहकारी विकास बोर्डमा अर्थ, उद्योग, भुमिव्यवस्था तथा सहकारी र सामाजिक विकास मन्त्रालयका सचिवहरु समेत गरी 10 जना पदेन सदस्य रहने व्यवस्था छ, भने उपाध्यक्ष, सदस्य-सचिव, दुई महिला र एक विज्ञ सदस्य गरी 5 जना मन्त्रिपरिषद द्बारा नियुक्ति गर्ने व्यवस्था छ।
“पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको
नाममा स्थापित संस्था “टंकप्रसाद आचार्य
स्मृति प्रतिष्ठान´´का सदस्य-सचिव रहेका दुलाललाई
प्रदेश सरकारले गरेकाे नियुक्ती बाट सहकारी क्षेत्रको
विकास, व्यवस्थापन र प्रवर्द्धनका क्षेत्रमा सुधार हुने
अपेक्षा गर्न सकिन्छ “
प्रदेश सरकारले उपाध्यक्ष मा यसअघि नै नारायण देवकोटालाई नियुक्त गरिसकेको थियो भने वाेर्डकाे विज्ञ सदस्यका रुपमा श्री गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको हो ।
2055 सालदेखि सहकारी क्षेत्रमा आवद्ध दुलाल जनविचार पव्लिकेशन एण्ड रिसर्च सेन्टरका अध्यक्ष समेत हुन् । लामो समयदेखि पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको नाममा स्थापित संस्था “टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान´´ का सदस्य-सचिव रहेका दुलाललाई प्रदेश सरकारले गरेकाे नियुक्ती बाट सहकारी क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका क्षेत्रमा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

