च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मनोरन्जन मुख्य समाचार विश्व समाचार

पुर्व उपराष्ट्रपतीले गरे सम्मान गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर टिमलाइ

साउन ३०, काठमाडौँ ।

संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ म्युजिक भिडियो  निर्माण गरी “गिनिज बुक अफ वर्ल्ड  रेकर्ड” मा आफ्नो नाम राखीसकेका  नेपाली टोलीलाई कोरोना कहरको बीच पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड बमोजिम हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा रेकर्ड होल्डरहरु ः मिडिया ब्यावसायी तथा कलाकर्मी राजन खरेल, चार पटक सम्म गिनिज बुकमा नाम लेखाइसकेका पुस्कर नेपाल, बहुप्रतिष्ठीत टेलीभिजन कार्यक्रमका इन्द्रेनीका बासुरी बादक पावल राई,  पर्यटन ब्यावसायी  संच बहादुर राई र पर्यटन ब्यावसायी  तथा समाजसेवी लक्ष्मन कार्कीेलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफ.एम.का अध्यक्ष निमा शेर्पाले ‘‘गिनिज बुक अफ वर्ल्ड  रेकर्ड होल्डर”को सर्टिफिकेट सहित संयुक्त रुपमा ‘सम्मान’ प्रदान गरेका थिए ।

तेसै गरि चर्चित गायिका बबिना किराँती, बहुप्रतिभाशाली गायक तथा संगितकार बिक्रम राई, रचनाकार मिलन किराँतीे, संगीत संयोजक फनिन्द्र राई, वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटे निर्देशक दुर्लभ जन्तरे (बुद्धि राज राई), मोडेले बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार रायल राई, छायाँकार तथा सम्पादक ईसाक जबेगु क्यामेरा सहयोगि दुर्गा प्रसाद राई, गिटारिस्ट राजिब बैजु, मादल वादक बिक्रम राई, तथा अक्टाप्याड वादक बिक्रम गुरुङ लाई गिनिज बुक अफ वर्ल्ड  रेकर्ड को पार्टीसिपेसन सर्टिफिकेट सहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा गणतन्त्र नेपालका प्रथम पुर्व उपराष्ट्रपति परमानन्द झा ज्यू को प्रमुख उपस्थिति रहेको थियो तेसै गरि विशेष अतिथिमा वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, हिमाल एफ.एम.का सल्लाहकार तथा राजनितिज्ञ आङगेलु शेर्पा, हिमाल एफ.एम.का सचिव कर्मा शेर्पा लगाएतको उपस्थिती रहेको थियो भने नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अद्धितिय काम गरि रेकर्ड होल्ड गरेकोमा नेपाली टिमलाई बधाई दिए । तसैगरी कला तथा संस्कृतिकै कारण अन्र्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाएको दावी गर्दै उनले गौरबपुर्ण का मगर्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *