साउन,२६ काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा१,१८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि र संक्रमणका कारण ३५ जनाको मृत्यु समेत भएको छ ।
