मुख्य समाचारराजनितीसमाचार
[mashshare]
प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवालाई ओलीको प्रश्न- एमसीसी के गर्नुहुन्छ ?
प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवालाई ओलीको प्रश्न- एमसीसी के गर्नुहुन्छ ?

काठमाडौं २६ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नु भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले एमसीसीका विषयमा नेपाली जनताको जिज्ञासा रहेको समेत बताउनु भएको छ।
दोस्रोपटक पुनर्स्थापित प्रतिनिधि सभामा पहिलोपटक सम्बोधन गर्नु हुदै अध्यक्ष केपी ओलीले सरकारले अहिले सम्म पूर्णता पाउन नसकेको बताउनु भएको छ ।
शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको एक महिना पुग्नलाग्दा अहिले सम्म मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा ओलिले व्यङ्ग्य गर्दै भन्नु भयो , ‘भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईंहरुको पनि समय।’ स्वार्थको गठजोडबाट राष्ट्रको अपेक्षा पूरा नहुने समेत ओलीको जिकिर रहेको थियो ।