काठमाडौं २२ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिनु भएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर उहाले राजिनामा पत्र बुझाउनु भएको हो । केपी ओली प्रधानमन्त्री भएको बेला अध्यक्ष महेन्द्र विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्ति पाउनु भएको थियो।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएर नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको जिम्मेवारीबाट विदा लिएको बताउनु भएको छ । उहाले जिम्मेवारी पदमा रहुञ्जेल आफूलाई सहयोग प्रदान गर्ने सबैमा आभार व्यक्त समेत गर्नु भएको ।
