मुख्य समाचारराजनितीसमाचार
[mashshare]
हिन्दुराष्ट्रको पक्षमा रामचन्द्र पौडेल र विमलेन्द्र निधि
हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता,संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षमा

काठमाडौं २१ साउन । महाधिवेशनको निकटतासँगै नेपाली कांग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि) हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ ।
पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा चलेको छ। नेपाली कांग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधर छन् ।
मत आफूतिर आकर्षित गर्ने केह नेताहरुले गरिरहेका छन। कांग्रेसमा हिन्दु राष्ट्रका सबैभन्दा विरोधी नेताहरुमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नामले चिनिन्छन तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दुराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखिद नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् । समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।