प्रधानमन्त्री देउवाले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय खारेज गर्न देखाए ग्रीन सिग्नल
लाखौं प्रहरी, पूर्व प्रहरी कर्मचारीहरु खुसीले गदगद !

साउन,२२ काठमाडौं । प्राधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको इतिहाससँग जोडिएको संरचना यथावत् राख्न अग्रसरता लिएका छन् । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय खारेज गर्न देउवाले ग्रीन सिग्नल देखाउनु भएको छ।
नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आईजीपी)हरुले बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) नसार्न अनुरोध गरेका हुन् । पूर्वआईजीपीहरुको राखेको मागमा प्रधानमन्त्री देउवा सकारात्मक रहनु भएको एक पूर्वआईजीपीले जानकारी दिए ।
राष्ट्रपतिका लागि हेलिप्याड बनाउन भन्दै केपी शर्मा ओलीको सरकारले पुलिस एकेडेमीलाई काभ्रे जिल्लाको पनौतीमा सार्ने निर्णय समेत गरेको थियो । जुन निर्णय आम सर्वसाधारण विभिन्न सघा सस्था सहित प्रहरी अधिकारीले विरोध गर्दै आएका थिए ।
बहालवाला तथा लाखौं पूर्व प्रहरी कर्मचारीहरुको मनोवल एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको उक्त मन्त्रिपरिषदको निर्णय खारेज गरियोस् भनि १४ जना पूर्वप्रहरी महानिरीक्षकहरुले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाज्यू समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको थिए। प्रधानमन्त्री देउवाबाट यो निर्णय खारेज हुने र प्रहरीको नासो फिर्ता हुने विश्वास व्यक्त गरे ।