साउन,१६ काठमाडौं । आज कोरोना भाइरस संक्रमणको संख्या २४ घण्टामा ३,१०६ जनामा पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार ९,२६३ जनामा पीसीआर परीक्षणमा गरिएकोमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।
