साउन,१६ काठमाडौं । दोलखाका सहयोगी भावना भएका दुइ जना युवा-युवतीले आँखाको दृस्टी गुमयका एक बालकलाई आर्थिक सहयोग जुटाएर हस्तन्तरण गरेका छन्।दोलखा वैत्येश्वर गा पा ६ का बसन्त तिवारी दोलखा र शैलुंग गाउँपालिका ५ रबिन शिबकोटीले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका,६ धराम्थाली निवासी १० बर्षीय दिपक थामीको दुवै आँखा रातमा मात्र अलिअलि देखने र दिनमा नदेख्ने आँखाको दृस्टी गुमयका र आर्थिक अवस्था कम्जोर भएका एक बिपन्ना बालकलाई विभिन्न सहयोगी ब्यक्तीहरु बाट संकलित आर्थिक सहयोग गरियको हो।
आर्थिक अबस्था कम्जोर भयकाले उपचार गर्न पनि असहज भैरहेको थियो । सोहि क्रममा उनीलाई बसन्त तिवारी र रबिन सिवाकोटी को अभियानमा ४७८०७ /- अक्क्षेरुपि सतचालिस हजार आठ सय सात रुपैयाँ नगदका साथै निजलाई हस्पिटल चेक जाच र खाना बास्ना लाग्ने खर्च को समेत ब्यबस्था गरियको थियो।निज बालकको तिलगंगा आखाँ आस्पतालमा उपचार सम्भब नभय पछि सहयोगी दुवै जनाले निरास हुदै दिपकलाइ थप सहयोगका लागि अन्य संघसस्थालाइ समेत अपिल गरेका छन् ।

दिपक थामीलाई आर्थिक रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनुहुदै बसन्त तिवारीले दिपकको उपचार सम्भब नभएको र अब उसलाई निसुल्क रुपमा ब्रेल लिपिमा पढ्न र खाने बस्ने ब्यबस्था सहितको स्कुलको खोजि गरिरहेको ले सहयोगका लागि बिभिन्न संघसस्थालाइ अनुरोध गर्नु भएको छ।

संकलित रकम दिपक थामिको बुबा डिल्ली कुमार थामीको सिद्धार्थ बैक खाता नम्बर: 03614000904 मा जम्मा गरियको छ।
हालसम्म सहयोग रकम को नामावलिहरु:
गौरिशंकर च्छोरोल्पा मिडिया प्रालि-दिन बाकी
बसन्त तिवारी:रु4000/-
भिमसेन थापा: रु2100/-
भिमसेन श्रेष्ठ: रु1111/-
दिपक श्रेष्ठ: रु1000/-
बालकृष्ण उप्रेती: रु1000/-
प्रदिप दहाल : रु1000/-
चिरन्जिवी काफ्ले : रु1000/-
मोहन सिङ तमाङ : रु1111/-
सङ्कर बस्नेत : रु2000/-
पार्शुक पोखरेल : रु4000/-
अमोद पान्डे : रु1000/-
जयराम कार्कि : रु1050/-
जानकि बज्राचार्य : रु2000/-
राजकुमार ढुङ्गेल : रु1000/-
शंकर कुमार ओलि : रु1050/-
हरिचन्द्र दहाल : रु2000/-
दिलिप दहाल : रु3300/-
रामशरण खड्का : रु1000/-
अमृत दहाल : रु3000/-
पद्मा प्रधान : रु5000/-
रेखा थामि : रु1000/-
जम्मा रकम : रु44722/-
दिपक थामीको छिमेकीहरु बाट सहयोग रकम रु3085/-
=रु47807/-रुपैया

