शिब बहादुर बुढाथोकी
दोलखा १४ साउन । दोलखा जिल्ला सैलुङ गाउँपालिका–८ भितारे टोल बारीमा मुर्ति आकारकै ढुंगा फेलापरेपछि हेर्नको घुँइचो लागेको छ। स्थानीय बासिन्दाले भगवान गुप्तेश्वर महादेव प्रकट भएको भन्दै पूजापाठ गरेका छन् ।
भैसे बजार देखि दक्षिण १ किलो मिटर बारीमा मुर्ति आकारकै ढुंगा फेला परेको हो । गएकोशनिवार बारी खन्ने क्रम्म स्थानीय प्रेम तामांगले बारी खन्दा गर्दा माटो भित्रबाट मुर्ति आकारकै ढुंगा फेलापरेको स्थानीय बासिन्दाले बताउनुभयो ।

उहाँका अनुसार त्यस दिनदेखि मान्छेहरुले देउता प्रकट भएको भन्दै पूजाआजा गर्ने गरेका छन् ।अहिले त्यहाँ दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । उक्त मुर्तिलाइ भोलि १५ गते बरिस्ठ समाजसेवी मुक्ती बहादुर कार्कीले निर्माण गरेको मन्दिरमा स्थापना गरिने जानकारी दिएको छन् । मुर्ति स्थापनाको लागि सैलुङ गाउँपालिकाले २००००/- (बिस हजार) समेत दिएको छ।
वड ८ अध्यक्ष रामेश्वर उप्रेतीले उक्त मुर्तिलाइ धार्मिक सांस्कृतीक बिधि बिधान अनुसार हुने पुजापाठ गरेर १५ गते मुर्ति राखने बताउनु भयो।

