काठमाडौं – हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छीधुर्बे र सपना पौडेलको स्वरमा रहेको तीजगीत ‘पारीवन हरियो’ बजारमा आएको छ ।
गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन् ।गीतका शव्द–संगीत गायिका सपनाकै रहेको छ ।

भिडियोमा निर्देशक दीपेन्द्रसँगै राजु पौडल ‘राजु मास्टर’, गायक–गायिका बल्छीधुर्बे र सपनालाई पनि देख्न सकिन्छ ।
साथै, भिडियोमा अनिता बस्नेत र सविना आचार्यको पनि अभिनय रहेको छ ।
