असार,२५ काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्। बुधबार राति १:३० बजे भक्तपुर सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पाइलोट बाबा आश्रम आगाडी जङ्गलको सडक किनारामा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट जगाती बृत्तबाट खटिएका निरीक्षक सुर्यबहादुर शाही टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले अनलाइन खबरलाई जनकारी दिएको छ।
निरीक्षक सुर्यबहादुर शाही टोली घ्याम्पेडाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र नांगै देखेपछि उनीहरुलाई पक्राउ गरेको जगाती बृत्तले जनाएको छ। दुई जनाभित्र यौन क्रि’या’क’ला’प गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा महिला र मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला रहेका छन्। महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको जनाएको छ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइ सकेको प्रहरीले जनकारी दिएको छ।
