असार २५ काठमाण्डाै – काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति अभिनेत्री जेनी कुँवर मृत भेटिनु भएको छ। कुँवर यही अपार्टमेन्टमै बस्दै आउनु भएको थियो। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
अभिनेत्री जेनी कुँवर जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊलगायत चलचित्रमा अभिनय गर्नु भएको छ ।
