असार,३० काठमाडौं । एक जना सेनाका जवानले महोत्तरीमा आफैलाई गोली हानी आत्महत्या गरेको छ ।
नेपाली सेना रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले अनलाइन खबरलाई जानकारी दिनु भएको छ।
आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको छ उहाले बताए ।बुधबार बिहान अन्दाजी पाँच बजेतिरको घटना भएको जानकारी दिए । उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम-ठेगाना सार्वजनिक गर्ने बताउनु भएको छ ।











