असार, २१ काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० सय थान हतियार, एम्युनिशन सामग्री प्रदान गरेको छ ।
आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गर्नु भएको हो।
सेनापति थापाले ३०० नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गर्नु भएको छ। यसअघि २०७७ साउन १४ गते पनि सेनाले सशस्त्र प्रहरी बललाई पनि ६०० वटा इन्सास राइफल दिएको थियो ।
नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई विभिन्न किसिम (राइफल, सब-मेशिनगन र लाइट मेशिनगन) का १० हजार ८१८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा प्रदान गर्ने छ ।तीन चरणमा प्रदान गर्ने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाखमा उपलब्ध गराइने जङ्गी अड्डाले जनाएको छ ।
उपलब्ध गराइएका हतियार सञ्चालन र मर्मत-सम्भार तालिम प्रहरीलाई पनि नेपाली सेनाले नै दिनेछ ।
