काङ्ग्रेसले हराभरा रुख बनाउन नर्सरीको संरक्षण छ त?



नेपालको दोस्रो ठूलो दल नेपाली काङ्ग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ को केन्द्रिय समिती अहिले नेतृत्व बिहिन छ।नेपाल बिद्यार्थी संघ केन्द्रिय समिती नैन सिंह महर,महामन्त्री कुन्दन राज काफ्ले लगायत कार्यसमिति का सम्पुर्ण ले पार्टी कै निर्देशन मा आफ्नो पदबाट राजिनामा दिय सङ्गै केही महिना देखि नेपाल बिद्यार्थी संगठन केन्द्रिय समिती नेतृत्व बिहिन छ।
निकै समय देखि नेपाल बिद्यार्थी सङ्ठन को अधिबेशन पनि हुन सकिरहेको अबस्था छैन।पार्टी ले संगठन बनाउन पहल नगर्दा नेबि संघ नेतृत्व बिहिन छ र बिद्यार्थी नेता पदिय जिम्मेवारी बिहिन छन।३२ बर्ष भन्दा मुनिको नेतृत्व हुनुपर्छ भनेर नेबि संघ मा त्यत्तिकै आवाज उठिरहेको छ।
बिबिध राजनीतिक घटना क्रम देखि हरेक घटना हरुमा कलमको आवाजले बल्लियो रुपले प्रर्दसन गरि ठूलो सङ्घर्ष र सफलता प्राप्त गरेको सङठ्न केही महिना देखि जिम्मेवारी सहितको नेबि संघ हुन सकेको छैन।
नेपाल बिद्यार्थी संघ लाई नेपाली काङ्ग्रेस ले कुनै वास्ता नगरेपनी संगठनमा आबद्द बिद्यार्थी हरु मौन भने बसेका छैनन।हरेक रास्टृय मुद्दामा आवाज उठाउने काममा नेबि संघ पछाडी भने पक्कै छैन ,रास्ट्रीय तथा अन्य बिषयमा ने.बि संघ ले अहिले पनि पर्याप्त आवाज उठाइरहेको छ तर जिम्मेवारी दियर अग्रज हरुले देखायको बाटोमा नेबि संघ लाई अगाडि बढाउन सके काङ्ग्रेस को निकै प्रगति को आशा राखेको आम कार्यकर्ताको भनाइ प्राय सुनिन्छ। ने.बि संघ नेतृत्व बिहिन भयपनी ने.बि संघ का नेताहरु सडकमा आवाज उठाइ रहेका छन तर त्यसलाइ प्रभाबकारी बनाउन पार्टिले गरेको असहयोग ले संगठन को जोस र जागर सुस्ताउने संभावना देखिन्छ।
पार्टीका संगठन लाई मजबुत नबनाउने र झस्काइ नरहने सम्झाइ बुझाइ नगर्ने हो भने त्यसको प्रत्येक्ष असर सिङ्गो नेपाली काङ्ग्रेस लाई पर्छ।पार्टिका नेताहरु उत्पादन का लागि पार्टी को भातृ संगठनको निकै ठूलो हात हुन्छ।चुनावी प्रचार प्रसार,पार्टी का भित्री कामहरु,पार्टिका कार्यक्रम ब्यबस्थापन लगायत का कार्यमा बिद्यार्थी नेता हरुको निकै ठूलो भुमिका हुन्छ तर त्यही महत्वपुर्ण भुमिका खेल्ने नर्सरी लाई काङ्ग्रेस ले ख्याल ख्याल सम्झिरहेको छ।जिम्मेवारी नदिनु र संगठन लाई चलायमान नबनाउनुले विपक्ष हरुले व्यापक फाइदा लुटन सक्छन र त्यसको परिणाम सिङ्गो पार्टिले भोग्नु पर्ने हुन्छ।
काङ्ग्रेस उत्पादन गर्ने नर्सरी लाई काङ्ग्रेस ले संरक्षण गर्न नसक्नुले आगामी दिनमा काङ्ग्रेस ले निकै मूल्य चुकाउनु पर्ने देखिन्छ।यस्को लागि काङ्ग्रेस मा ने.बि संघ को संगठन बिस्तार को बारेमा गम्भीर रुपमा सोच्न पर्ने बेला आयको छ।