दुबै आँखा नदेख्ने दोलखाका दिपक थामी सहयोग माग्दै मिडियामा
दुबै आँखा नदेख्ने दोलखाका दिपक थामी सहयोग माग्दै मिडियामा

रबिना शिबाकोटी
दोलखा २० जेठ । दुवै आखा देखन नसक्ने भएर पीडित बनेका दिपक थामीले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् !
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका,६ धराम्थाली निवासी १० बर्षीय दिपक थामीको दुवै आँखा रातमा मात्र अलिअलि देखने र दिनमा नदेख्ने हुदा उनी अहिले जीवन मरणको दोसादमा बाँचिरहेका छन।
१० वर्षको उमेरमा नै दुवै आखा रातमा मात्र देखने दिउसो नदेख्ने भएपछी दिपकको पढ़ना लेखने राम्रो खाने,लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
३९ बर्षीय बुवा डिल्ली कुमार थामी र ३६ बर्षीय आमा कल्पना थामीको कोखबाट एक छोराको रूपमा जन्मिएका दिपक थामी सानो उमेरमानै सबै अन्धकार दिन सँग लडी रहेको छन् । पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै आखा उपचार पछि मात्र देखन सक्ने सल्लाह दिए तर धेरै खर्चा लाग्छ पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भएरहेको बताउछन उनको आमा बुबा ।
चिकित्सकले दुबै आखा उपचार गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले घरको आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित दिपकले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका दिपकले दुबै आखा देखन नसक्ने भएपछि अहिले उनी उपचारको लागि छट्पट्टी रहेका छन् ।
दुबै आखा उपचारलाई ७ देखि ८ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका बाबु डिल्ली थामीले रूदै छोराको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि पैसा पनि छैना साधारण घर बेवाहर चलाउदै सकिनछ अब त छोराले उपचारको खोज्दै छु भन्दै हात जोड्नु भयो । के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै ४३ बर्षीय आमा कल्पना थामीले भन्छिन् आखाको उपचार मिल्यो भने म आफ्नो मृगौला बेचेरा भएपनि छोरालाई बचाउँछु ।’ उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।
दिपक थामीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं. 03614000904, मा रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तै दिपक थामीको बुबाको डिल्ली थामी फोन नं. 9844305069,सामाजिक अभियन्ता रबिन शिबकोटी ९८४४०००७९५ मा टेलिफोन गरेर पनि सहयोग गर्न सकिने उहालेजानकारी दिए ।
परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन्।