मुख्य समाचारसमाचारस्वास्थ्य

उदयपुरको रौतामाई गाउँपालिकामा कोरोनाबाट एकै परिवारका आमासहित दुई छोराको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिकामा कोरोनाबाट एकै परिवारका आमासहित दुई छोराको मृत्यु

[mashshare]

जेठ,२० उदयपुरको रौतामाई गाउँपालिकामा कोरोनाबाट एकै परिवारका आमासहित दुई छोराको मृत्यु भएको छ ।

उनिहरुको कोरोना भाइरसको संक्रमणबाट एक साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
कोरोनाबाट दुई छोरा गुमाएकी रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मगरको बिहीबार विहान मृत्यु भएको हो।

दुई छोराको मृत्युको शोकमा रहेकै बेला बिहीबार बिहान तिलमायाँको पनि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचारपछि होम आइसोलेसनमा लगिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा उनका दुई छोराको मृत्यु भएको थियो । जेठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुरको विराट मेडिकल कलेजमा र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कलको नोवेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close