
मनोज जंग कार्की
मञ्जुश्री असहाय संरक्षण केन्द्र शाखा कार्यालय काठमाडौँले १११ औंँ अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर नेपालका बिभिन्न समाजिक क्षेत्रमा योगदान दिने व्यक्तिलाई समान गरेको छ।
मञ्जुश्री असहाय संरक्षण केन्द्र घरेलु हिंसा, असहाय दुखी ,गरिब र बालबालिकाको न्यायको निम्ति विभिन्न सचेतन मुलक, कार्यक्रम र जातीय छुवाछूत ,हत्या हिंसाको विरुद्ध न्यायको मैदानमा उत्री रहेको संरक्षण केन्द्र हो।
समाजसेवी अच्युत राज ज्ञवालीको , प्रमुख अतिथिमा रहेको सम्मान कार्यक्रममा आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराई र सस्थाकी केन्द्रिय अध्यक्ष मञ्जु खाँडले सम्मान गर्नु भएको उक्त कार्यक्रममा सरु सुनार ,नजबुल खान,देबिका बुडाथोकी ,सुनिता क्षेत्री ,जानकी बज्राचार्य ,जुनु पुन मगर सम्मानित हुनु भएको थियो।
कार्यक्रममा इन्द्रराज भट्टराई ,अधिबक्ता इन्दिरा न्यौपाने ,अधिबक्ता दिपक शर्मा लगाएतको आतिथ्यता उपस्थिति रहेको कार्यक्रममा यस साखाको अध्यक्ष मिना बस्नेतले समापन गर्नु भएको ।