फाल्गुन २१ गते (शुक्रबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसर हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति २०७७-११-२१ विहान )- साभार गरिएको
