Uncategorized

निर्देशक तथा कोरियोग्राफर क्षेत्रमा निरन्तर अघि बढ्दै देबेन्द्र कुँवर

[mashshare]

काठमाडाैं –गुल्मी रुरु गाउपालिका-२ ग्वादी, याडुङमा जन्मिएका निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुँवर यतिबेला नेपालि गीतसंगीतमा चलेको नाम हो । अडियो भिडियो निर्माणका साथै देश तथा बिदेशमा हुने सास्कृतिक कार्यक्रमहरुको निर्देशन तथा कोरियोग्राफि गर्दै आएका कुवरले हजारौ गीतमा कोरियोग्राफी तथा निर्देशन गरिसकेका छन् । सानैदेखि खेलकुद र नाचगान भनेपछि हुरुक्कै हुने कुँवर अलिक लजालु स्वभावका थिए । तर अझै पनि सवैसंम मिलनसार हसिलो स्वभावका कुवर अझै गीतसंगीतको क्षेत्रमा निरन्तर लागिरहेका छन् ।Image may contain: 2 people, including Debendra Kunwar, mountain, sky, outdoor and nature

उनले गरेका हरेक कामलाई न्याय दिनु पर्छ भन्ने मान्याता बोकेका कुवरले नेपाली गितसंगितबाट पछी हट्नु पर्ने अवस्था भने आएको छैन । तर मिडियामा भने एकदमै कम आउने निर्देशक कुँवर हुन् । निर्देशक कुँवरले दर्जनौ कलाकार जन्मईसकेका छन् । कुँवरले लामो समय देखि नै कोरियोग्राफिको साथै निर्देशन गर्न थालेका कुवरले प्राय नयाँ तथा पुराना पुस्ताका सबै जसो कलाकारसंग काम गरिसकेका बताउने कुँवर बिगत लामो समय देखि “राजधानी डान्स सेन्टर“को साथै “राजधानी फिलिम्स”संचालन गर्दै आउनु भएको छ ।

कलाकारिता आफ्नो भबिस्य बनाउन चाहनेहरुको लागि नृत्य अभिनय लगायत बिबिध बिधाको प्रशिक्षण दिइने यस सस्थाका संचालक कुँवरले बताए । कुँवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफी संगै निर्देशन पनि गरिसकेका छन् । समयले साथ दिएमा निरन्तर यहि क्षत्रमा अगाडि बढीरहने उनले बताए ।
वहाभन्नु हुन्छ रंग क्षेत्रमा जम्न त्यति सजिलो छैन। तर, पनि मिहिनत र परिश्रम गर्दा क्षमता भएकाहरुलाई स्थापित हुन पनि भनेको जति अप्ठेरो छैन । कुँवरलाई पछिल्लो समय नेपालि गीतसंगीतमा एउटै कुराले मन दुखाईरहेको हुन्छ ।
Image may contain: Debendra Kunwar, standing
नेपालि गीतसंगीतमा आएको छोटो समयमा नै गीतले चर्चा पाईरहदा तिनै पछिल्लो समय आउने नयाँ पिडिका कलाकारले पुराना पुस्तालाई नगन्ने प्रचलन बढी चलेको छ । गीतसंगीतको बजार केहि मात्रामा खस्काको भएता पनि फेरी गीतसंगीतमा केहि नयाँ र फरक शैलीका गित आईरहदा हरेक सर्जक कलाकारले आफ्नो मौलिक सस्कृतिलाई भने भुल्न हुदैन ।
कुँवर थप्नुहुन्छ : म मेरो माटोलाई माया गर्छु,नेपालि गितसगीतलाई माया गर्छु छोटो र सस्तो लोकप्रियका लागि म काम गर्दिन । म मेरो काममा निरन्तर लागिरहने छु ताकी जीवन्त म मेरो संगीतमा जीवन्त लागिरहने छु ।Image may contain: Debendra Kunwar, outdoor, nature and water

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close