मनोरन्जन

भारतको एक अन्तराष्ट्रिय मञ्चमा राम चन्द्र सुन्दासलाई सम्मान ।

[mashshare]

स्पिड मिडीया ईन्टरटेनमेन्टले गत २६ अक्टोबर २०१९ का दिन भारतको नयाँ दिल्ली स्थित वाई डब्लु सि ए सिपीमा ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा राज्य मन्त्री रामदास आठवले प्रमुख अतिथी भई राख्दा बिदेशी तथा भारती अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रमले करिब ६ अन्तराष्ट्रिय देशहरु बिच आपसी सम्बन्ध प्रगाड बनाएको र यसले निरन्तरता पाईरहने कार्यक्रम प्रमुख प्रिया मगरातीले बताएकी छिन ।

नेपालको तर्फबाट पनि कार्यक्रममा सहभागीता रहेको थियो । सामाजिक कार्यमा छोटो समयमै महत्वपुर्ण योगदान पुर्याएको भन्दै फरक सोचका संचालक राम चन्द्र सुन्दासलाई बेष्ट सोसियल ओर्कर अवार्ड २०१९ ले सम्मानित गरिएको थियो । सुन्दासले युटुब च्यानल फरक सोच मार्फत नेपालका दुर्गम र मिडीयाको पहँुच नभएका स्थानमा पुगी त्यहाँ रहेका बृद्ध बृद्धा, अपाङ्ग, असाय, अशक्त भएका एकल ब्यत्तिहरुलाई आधारभुत आबश्यकताका खाध्यन्न तथा लत्ताकपडाहरु बितरण गर्दै आएका छन ।

 

युटुबबाट प्रसारण भै रहेको यस कार्यक्रमको प्रभाब भारत सम्म पुगेको र त्यसको फलस्वरुप यो अवार्ड प्राप्त गरेकोमा गौरवान्वित प्रकट गरेका सुन्दासले यस मानब सेवाको कार्यलाई निरन्तरता दिईरहने समेत बताएका छन । ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड २५ बिधामा बितरण गरिएको थियो । कार्यक्रममा नेपाल, अमेरिका, भुटान, अफ्रिका, स्पेन, जर्मनी र भारत सहित गरी ७८ प्रतिभाहरुको सम्मान गरिएको थियो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close