राजधानी फिल्मस् प्रा.लिको प्रस्तुतिमा निकेश तामाङको स्वरमा पहिलो फ़्यूज़न तामाङ सेलो गित राजधानी फिल्मस् प्रा. लिकै अफिसियलको युटुव च्यानलमार्फत सार्वजनिक भएकोछ ।
उक्त गितमा निराश थापा मगरको शब्द/संगीत अनी सुमन थापा मगर,स्वाती आले मगर र गुन दर्लामी मगरको अभिनय रहेको छ।
सुमन थापा मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई सन्तोष बस्यालले छायांकन गरेको हुन् भने प्रविन रश्मिले भिडियो सम्पादन गरेका छन । आशा छ गायक निकेश तामाङको यो गीतले पनि चर्चा कमाउने छ।
राजधानी फिल्म प्रा.लिले सयौको संख्यामा चर्चित कलाकारहरू जन्माइ सकेको नृत्य प्रशिक्षण केन्दर्को रुपमा चिनिन्छ। राजधानी डान्स सेन्टरमा दक्ष तथा अनुभवी निर्देशक तथा कोरियोग्राफ़र देबेन्द्र कुँवर मार्फ़त नृत्यका विभिन्न बिधामा प्रशिक्षण दिईन्छ।राजधानी फ़िलिम्सले पछिल्लो समयमा आफ्नो अफिससियल युटुब च्यानलबाट विभिन्न म्युजिक भिडियो सार्वजनिक गर्दै आयको छ।
