केशबराज चौलागाईं (नेता,नेपाली काङ्ग्रेस दोलखा)
निर्वाचन भएको २ वर्ष नाघिसक्यो,मुलुकमा कम्युनिष्टहरुको राज छ।अहिले सम्म प्रदेशको मुकाम तय गर्न सकेका छैनन्।पालिकाहरुको त्यस्तै हालत छ।दोलखाको कालिज्चोक गाउंपालिकाले त जग नै हसाउन थालेको छ।कार्यलय खोसाखोस ,लुटालुट ।समस्या समाधान गर्ने ताकत पनि छैन,प्रतिपक्षसंग छलफल गर्ने साहस पनि छैन। बादरको हातमा नरिवल भनेजस्तो भाको छ। मेरो विचारमा,पालिकाहरुको मुकाम तय गर्दा सेवाग्राहीहरुको अावत जावतको सुविधालाई विशेष ध्यान पुराउनु पर्ने हुन्छ।फिता लगाएर केन्द्रबिन्दु तोक्नु भविष्यलाई धोका हुनजान्छ। त्यसैले मुख्य सडकको अासपासमा मुकाम तय गर्दा सेवाग्राहीलाई यातायातका साधनको पहुच प्राप्त हुन्छ। खास गरि जनताहरु जिल्ला सदरमुकाम तिर मुख फर्काएर बसेका हुन्छन ,जता नागरिकको मुख फर्केको हुन्छ त्यही दिशा लामो दुरी भएतापनि मानिसहरुलाई सरक पर्ने मनोविज्ञान हो।सरकारी कामको अलवा किनवेच,सम्पर्क सम्बन्ध,लगायतका थुप्रै कार्यहरुको लागि सहज हुने क्षेत्र रोज्नु सबैको हितमा हुन्छ । मेरो विचारमा सुनखानीको सेउली अासपासको क्षेत्र उपयुक्त मुकाम हुन सक्छ।सिंगटी वजारको चापलाई हलुका हुने गरि सेउली क्षेत्रमा अर्को बजारीकरणको सम्भावना प्रवलहुन्छ र अावस्यक्ता पनि हो। अब पैदल यात्राका हिसावले नसोचे हुन्छ,यातायातका साधनको प्रयोग तिव्रगतिमा वढीरहेको यो सन्दर्भमा यातायातको पहुच र उपलव्धताको दृष्टिबाट मुकामको तय गर्ने बुद्धि पलाअोस भन्ने कामना छ।
Chat Conversation End
