मुख्य समाचारसमाचार

चितवनमा तीन प्रहरी घूस लिएको आरोपमा पक्राउ

चितवनमा तीन प्रहरी घूस लिएको आरोपमा पक्राउ

[mashshare]

मनोज कार्की

काठमाडौँ,/बागमती प्रदेश प्रहरीले घूस लिएको आरोपमा चितवनका तीन प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक कार्यालय चितवनका दुई ट्राफिक प्रहरीसहित वडा प्रहरी कार्यालय नारायणगढका एक प्रहरी गरी तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो।

पार्किङ निषेध गरिएको ठाउँमा रकम असुली गरी म्याजिक अटोरिक्सालगायतका सवारीसाधनलाई पार्किङको लागि अनुमति दिएको भन्दै हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सवारीसाधनबाट उठेको रकम एक पसलमा उठाउने गरेको गोप्य सूचना पाएअनुसार टोलीले मंगलबार साँझ नियन्त्रण लिएको हो । थप अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौँडाले गरिरहेको चितवन प्रहरीका प्रवक्ता एवम् डिएसपी सूर्य थापाले बताए।

यस्तै, रकम असुलीमा सहयोग गरेको भन्दै यातायात व्यवसायी चार जना र पसल सञ्चालक एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको डिएसपी थापाले च्छोरोल्पा अनलाइन खबरलाई जानकारी दिनुभयो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close