सन्देश कोइराला
२०७६/०७/०६ बुधबार
काठमाडौ बनस्थलिमा अबस्थित चर्चाको शिखरमा रहेको एल्लो टाइगर मुभिज एन्ड ईन्टरटेनमेन्ट प्रा.ली ले शुभ-दिपावली २०७६ को पावन अबसरमा शुभकामना आदानप्रदान तथा विविध सास्कृत कार्यक्रम आयोजना गरि संस्थामा रहेका उत्कृष्ट कलाकारीता प्रस्तुत गर्ने कलाकारहरु लाई सम्मान एबम चियापान कार्यक्रम को आयोजना गरेको थियो।
नेपाली संस्कृती र पहिचान लाई उजागर पुराना कलाकार हरुलाई सम्मान र नव कलाकार लाई प्रोत्साहन गर्ने दृढ़ संकल्प का साथ बर्तमान अबस्थामा एल्लो टाइगर सबैसामु चम्किरहेको छ।
आज मध्य बानेश्वर को चिप्स बर्गर रेस्टुरेन्ट मा बरिस्ठ समाजसेवी (पुर्ब रक्षा सचिब ) देबेन्द्र प्रसाद सिटौला को प्रमुख आतिथ्यता र एल्लो टाइगर मुभिज एण्ड इन्टरटेनमेन्ट का ब्यबस्थापक सुस्मा सिंह को सभापतित्वमा भयको कार्यक्रममा निरा सिटौला, समाजसेबी प्रबिन थपलिया लगायत कलाकार पत्रकार हरुको बिशेष उपस्थीती थियो।
कार्यक्रममा सुरुमा निरा सिटौलाले शुभकामना मन्तव्य राख्नु भयको थियो भने त्यस लगत्तै प्रमुख अतिथी देबेन्द्र प्रसाद सिटौलाले नेपाली कला र संस्कृति देशको अपरिहार्य रहेको भन्दै उहाले कलाकारीता र खेलकुद ले देशको नाम रोशन गर्ने उहाले मन्तव्य का क्रममा राख्नु भयको थियो। कलाकार हरुको बर्चस्व गर्दै उहाले आफुले कलाकार हरु लाई सधै आफ्नो कलाकौशलता ले देशको नाम लाई परिचीत गर्दै देशलाइ समृद्दी तिर लैजान को निम्ति गराउन आग्रह समेत गर्नुभयको थियो।उहाले शुभ-दिपावली लाई रङ्गरङ्ग फुलैफुल र झिलिमिली एबम खेतबारी मा किसान हरुको बर्ष दिनको कमाइ को अन्नपात भित्राउन केही समय बाकी रहदै गर्दा अत्यन्तै रमाइलो चाडपर्व रहेको भन्दै उहाले देउसै भट्टाउदै तिहार शुभ दिपावलि को अबसरमा सम्पुर्ण मा शुभकामना ब्यक्त गर्नुभयको थियो ।
कार्यक्रम कै क्रममा प्रमुख अतिथि सिटौला र कार्यक्रम को सभापति एबम् एल्लो टाइगर मुभिज एण्ड इन्टरटेनमेन्ट को ब्यबस्थापिका सुस्मा सिंह ले संस्थामा आबद्द रहि उत्कृष्ट कला प्रस्तुत गर्ने रबिना तमाङ्ग,दिपेश श्रेष्ठ ,दिपिसा क्षेत्री,पुष्पा मगर,अमन मानन्धर ,सबिना शाही,रियन तामाङ्ग र आश्रीता खड्का लाई प्रशंसा पत्र सहित सम्मान गर्नु भयको थियो ।कार्यक्रम मा सम्मानित कलाकार हरुले तिहार गित लगायतका गितहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिय।
कार्यक्रम को सभापती सिंह ले मन्तव्य का क्रममा सबैलाइ दिपावलि को शुभकामना राख्दै कार्यक्रम मा उपस्तिथित सबैलाइ धन्यवाद दिदै आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको र पुराना कलाकार लाइ सम्मान र नव कलाकार लाई प्रोत्साहन गर्न आफू र आफ्नो संस्था सधै लागिपर्ने बताउदै उहाँले कार्यक्रम को समापन गर्नु भयको थियो।
