यसपाली त खोइ
दशै आइसक्ता पनि
आकाश उघ्रने छाँट छैन
आकाशसंगै मनमा पनि अाँधी चल्यो
ओठमा मुस्कान पनि छैन नेपालीको
निराश र वेचैनीमा
दशै कुर्दैछ मनले,
वाढी र पैरो पनि रोकिएन
धुलो र हिलो जताततै
खोइ किन हो कुन्नि
प्रकृति पनि रिसाइन
यसपालिको दसैंमा ,
दशै तेसै तेसै गल्दै गयो
पिङ थाप्नेहरु बिदेशीएर होला
भाले डाँकमा उठेर
चीउरा कुटने ढिकीहरु पनि थन्किए तेसै
धर्म संस्कृतीको शीकार खेल्नेहरुका
आँखा लागेर पनि होला
दशै दशै जस्तो छैन यसपाली ,
प्रकृतीको साथ सहयोग पनि घटदै गयो
जमरा उम्रने हो होइन
तिहारका लागी फुल पनि फुल्ने हो होइन
टिका मुस्ने हात र आशिष दिने ओठहरु
के हुने हुन त्यो पनि थाहा छैन,
दाल चामल पानी र हावा सम्मको हाहाकारमा
दशै पनि कसरी आउला र
पोहोरको दशै मै मेलम्ची आउछ भन्थे
तर खोइ सुन्दैछु भ्रष्टहरुले मुहान नै टाँले रे
दशै मान्न गाउँ जाने बाटाहरु
कति बर्षाले भत्काए र कति भ्रष्टले खाए रे
कसरी पुग्लान निमुखाहरु अब दशै मान्न गाउँघर
सिंहदरवारका ठालुहरुलाई त के वास्ता
के मतलब गाउँघरका दु:ख र कुना कन्दराका शास्तीहरुको,
आशीर्वाद थाप्न पनि
महङ्गियाे यसपालीको दशै
हृदयभरीका भावना र संस्कारहरु मरे पछि
देवी देउराली मन्दीर र गुफाहरु
निरश र शक्तिहिन भैदिदा
फगत बाझो मन
र प्राणहिन ढुङ्गा माटोले मात्र
कुन उत्सव र उमङ्ग भर्ला
यसपालिको दशैमा,
दशैको सुभकामना र आशिष
धुलो हिलो र शास्तीहरुसंगै मिसिएर
एउटा संदेश चाही दिदैछ –
अर्को साल राम्ररी दशै मनाउन
सकुशल घर पुग्ने बाटो बनाउन
मेलम्चीको पानी सुकाउने
सडक र पुलहरु खाने भ्रष्टहरुका विरुद्धमा
नेपालीहरु उठने छ्न र जागरुक हुने छन
यही होस सबैलाई सबैको शुभकामना
दशैको हार्दिक मङ्गलमय सुभकामना।।
