समाचार
[mashshare]
गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै मृत्यु

काठमाडौँ १३ पुष, । हिजो राती गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै ज्यान गएको छ ।
बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ को ट्रकले जिल्लाको रेसुङा नगरपालिका १३ भगेरी नजिक ठक्कर दिएको हो ।
ट्रकको ठक्कर बाट सोही वडाका २३ वर्षीय बालकृष्ण श्रीस र २४ वर्षीय टोप बहादुर रजायलीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष खुम खत्रीले जानकारी दिए ।
राती करिब १२/१ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा रहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।