मुख्य समाचारराजनितीसमाचार

प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन,

प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन,

[mashshare]

काठमाण्डौ – प्रतिनिधिसभाको विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर भब्य प्रदर्शन गर्दैछ ।

१ एक सय ६५ पैशाठी वटा निर्वाचन क्षेत्रमानै प्रदर्शन गर्न लागिएको कांग्रेसले जनकारी दिएको छ । नेपाली कांग्रेसका अनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने छन ।

विभिन्न सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने छ। निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नु हुने छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नुहुने जानकारी दिएको छ ।

महामन्त्री डा.शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close