काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजनामा राजधानीमा मंगलबार कोभिड -१९ का कारण समस्यामा परेका सडक बालबालिका, अशक्त, अपाङ्गता भएका नागरिकहरुलाई प्रत्येक दिन नि:शुल्क खाना खुवाउँदै आएको कार्यक्रमले १०० दिन पुरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा बौंद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, च्छोरोल्पा टेलिभिजनको व्यवस्थापन समीति अध्यक्ष जानकी बज्राचार्य लोकेश्वर मिडिया सर्भिसका संरक्षक निर्मला क्षेत्री,बिभिन्ना क्षेत्रका सामाजिक अभियन्ता अनु रायमाझी, रिमा सुब्बा, शोभा थापा, विष्णु सापकोटा, मेनुका कोईराला, मन्जु श्रेष्ठ, लक्ष्मी बस्नेत, पुर्षोत्तम अधिकारी, नेत्र पाण्डे, दिलिपकुमार दिपाली, बलराम दहाल, राखिन्द्रकुमार थिङ लगायतका महानुभावहरुको विशेष आतिथ्यमा शुभकामना आदानप्रदानसहित खाना खुवाउने कार्यक्रममा उपस्थिति थिए। बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयाँलको सभाअध्यक्षतामा सम्पन्न गरिएको थियो ।
दैनिक २५० जनालाइ नि:शुल्क खान खुवाउदै आयको बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयाँलले अनलाइन खबरलाइ बताउनु भयो सभा समस्यामा परेका नागरिकहरुलाई एक सय दिनसम्म खाना खुवाउन हामीलाई विभिन्न दाता संघसंस्था र सहयोगी दाताहरुबाट नगद तथा जिन्सी गरि कुल १२ लाख बराबरको सहयोग हामीलाई जुटेको बताउनु संस्थाकी कोषाध्यक्ष शर्मिला उप्रेतीले जनाउनु भएको छ।
कार्यक्रममा विभिन्न महानुभावहरु, संस्थाको पदाधिकारीहरु सम्मिलित सो कार्यक्रममा उपस्तिथि महानुभावहरुलाई संस्थाको तर्फबाट स्वागत मन्तव्य प्रतिनिधि रविन्द्र दहालले व्यक्त गर्नु भएको थियो।
