मुख्य समाचारराजनितीसमाचार

देशलाई ठूलो सङ्कटबाट जोगाए: नारायणमान बिजुक्छे

[mashshare]

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनु भयो। बिजुक्छेले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी अब नयाँ जनादेशमा सबै लागेर जानुपर्नेमा जोड दिनुभएको छ।

नारायणमान बिजुक्छेले भने’प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने यतिखेर ओलीले देश जोगाउनु भएको छ, तर यो सङ्कट अझै टरेको छैन, फेरी आगामी दिनमा झन् अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ नेपाली अब झन् सजग सतर्कता हुनु जरुरी छ।

संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राखे। उनले भने, ‘प्रधानमन्त्रीले ‘कु’ गरेका होइनन्, बरु ‘कु’ प्रधानमन्त्री केपी शर्मा ओलीले ’ असफल चाहिँ पारेका हुन्।

दुई तिहाइ बहुमत सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य शक्तीको चलखेल भएको जिकिर गर्दै उनले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको समेत बताए। ८२ बयासी वर्षीय नेता बिजुक्छेले भने,’देशमाथि आएको यस्तो सङ्कटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको हो

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उनले दिए। उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए। रासस

 

 

 

 

साभार Nagarik News – Nepal Republic Media

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close