
काठमाण्डाै – मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ/
त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने चलन थियो तर यस वर्ष कोरोना महामारी फैलन सक्ने भएकोले भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव देखिएकाले दीपदान बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ /
त्रयोदशीको बेलुकीदेखि बती बल्न नदिए पनि चतुर्दशीको बिहान सामाजीक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले च्छोरोल्पा अनलाइन खबरलाइ जानकारी दिन्नु भएको छ /
कोरोनाका महामारी कारण यस वर्ष बाला चतुर्दशीको लाग्ने मेला स्थगित गरिएको कोषले जनाएको छ । पशुपतिमा महाशिवरात्री, साउनका सोमबार, हरितालिका (तीज), बाला चतुर्दशीलगायत पर्वमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको छ । बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने चलन रहेको छ /
यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ । कोरोना महामारी बढेपछि गएकाे वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस १ गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको छ । सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराइ दर्शनको व्यवस्था मिलाइने कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी द्फिनु भएको छ /