काठमाडौँ /मंसिर २३मगलबार
आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीले अदालतबाट सफाइ पाएका छन्/
हिजो जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका कृष्णबहादुर गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको थियो । मुद्दाको पेसी सार्न दिएको निवेदनलाई बेबस्ता गर्दै जिल्ला अदालतले सफाइ दिएको हो/
कृष्णबहादुर गिरीको तर्फबाट वकिलहरुको मात्र एकतर्फी बहस भएपछी न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएका हुन् /जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलका अनुसार अभियोग दाबी नपुगेकाले धर्मगुरुको, कृष्णबहादुर कोइरालाको इजलासले गिरीले सफाइ पाउने ठहर गरेको हो/
मुद्दामा आज तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दिएको थियो /तर, सरकारी वकिल कार्यालययको निवेदन दर्ता नगरी अदालतले गिरीलाई सफाई दिएको हो / बलात्कार मुद्धामा थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वाेच्चसम्म मुद्दा पुगेकोमा गत साता मात्र सर्बाेच्चले उनलाई थुनामै राखेर पुर्पपक्ष गर्न आदेश दिएको थियो । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाईमा पनि सुनसरी जिल्ला अदालतले धर्मगुरु कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गरेकोमा उच्च अदालत विराटनगरले थुनामा पठाएको थियो /
