काठमाडौँ २३ /सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका जोडने कायखेत मोटरेबल पुलको शिलन्यास गरिएको छ /माप्यदुधकोशी ६ र थुलुङ दुधकोशी ७ को सिमानामा पर्ने दुधकोशी नदिमा निर्माण हुन लागेको उक्त पुलको सोमबार शिलन्यास गरिएको हो/
सोलुखुम्बुका संघीय सांसद हेम कुमार राई (सुरवीर), प्रदेश सांसद एवम् नेकपा प्रदेश १ संसदीयदलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी र प्रदेश सांसद उत्तम कुमार बस्नेतले सोमबार पुलको शिलन्यास गर्नुभएको थियो नेकपा जिल्ला कमिटी सदस्य गणेश कुमार राईले च्छोरोल्पा अन्लाइन खबरलाइ जानकारी दिनुभयोको छ /
करिब साडे पाँच करोडको लागतमा निर्माण हुने पुलका लागी संघीय सरकार स्थानीय पुर्वधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड र अपुग रकम माप्यदुुधकोशी गाउँपालिकाले बेहोर्ने सहमती भएको छ /
पुलको निर्माणको जिम्मा जलप नेपाल कन्ट्रक्सनले पाएको छ । पुल निर्माण पछि अति बिकट छुट्टै टापुको रुपमा रहेको वडा नम्बर ६ र ७ का नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनका साथै पर्यटकिय क्षेत्र मेरापिक जान पनि छोटो र उपयुक्त मार्ग पर्ने बताइएको छ /
