मौसमसमाचार

आजको मौसम,तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था 

आजको मौसम,तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था 

[mashshare]

मंसिर २२गते (सोमबार ),जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार  दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था

केन्द्र तापक्रम (°C) पारदर्शिता (Visibility)(m)
धनगढी ११.५ ६०००
नेपालगंज १२.० ४०००
भैरहवा १४.० १०००
सिमरा १४.० ५०००
जनकपुर १३.६ ८००
विराटनगर १४.५ ५००

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः थोरै स्थानहरुमा विहानीपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्ह सम्ममा हटेर जानेछ।

मध्य तराईः थोरै स्थानहरुमा विहानीपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्हसम्ममा हटेर जानेछ।

पूर्व तराईः थोरै स्थानहरुमा विहानपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्हसम्ममा हटेर जानेछ।

आगामी २४ घण्टा सम्मः

तराईका थोरै भू-भागमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह सम्ममा बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close