
मंसिर, २० काठमाडौं । राजसंस्थाको माग गर्दै शनिबार उपत्यकामा भब्य प्रदर्शन भएको छ / राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए/
पृथ्वीनारायण शाहको तस्वीर बोकेको ब्यानरमा उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा समेत लगाएका थिए भने माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो /
अधिवक्ता सुरेन्द्र भण्डारीले सभामा आफूहरुको [३] तीन माग रहेको बताएक छन् / राजसंस्था स्थापना, तथा संघीयताको र धर्म निरपेक्षताको खारेजी आफूहरुको माग भएको उनको भनाई थियो /
अर्का अधिवक्ता बालकृष्ण न्यौपानेले आफूहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । यसका लागि आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ/
