मङ्सिर ८,सोमबार। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ। पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।हाल देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही देशका अरु क्षेत्रमा मौसम सामान्यता सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।देशका अरु क्षेत्रको मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।त्यस्तै राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
