झापामा ब्राउनसुगरसहित ४ जना पक्राउ

मङ्सिर ८,सोमबार / झापामा लागुऔसध ब्राउनसुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर वडा न -७ स्थित सिदार्थ टोलबाट लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको हो।
मङ्सिर ७ (आइतबार) दिउँसो ४ बजेतिर सिदार्थ टोलमा डेरा गरी बस्ने सीताराम आङदेम्बे र उनकी श्रीमती मनिता आङदेम्बेले धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र वडा न-१६ का २४ वर्षिय रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो।आङदेम्बेको साथबाट १३ ग्राम ब्राउन सुगर, १ लाख ३३ हजार नगद र मोबाइल ३ थान तथा खरिद गर्ने राई र लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगर बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट गएको प्रहरी टोलीले घर अगाडीबाट को ३५ प ७०१६ नम्बरको मोटरसाईकल चढी भाग्न लागेको शंकास्पद अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।चारैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।