समाचार
[mashshare]
कार र टिपर एकआपसमा ठोकिदा एक जनाको मृत्यु,तिन जना घाइते

मङ्सिर ७,आइतबार। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा न ५ गलौँदीमा आज (आइतबार) बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका-१ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा ३ जना घाइते भएको जानकारी दिए ।