
मंसिर५,शुक्रबार / १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका वडा न.७ बस्ने २१ वर्षीय राजेश महतोलाई प्रहरीले पक्राउ गरेको हो।आफ्नो साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेश सहितका ३ जना युवाले धनुषाको मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो ।त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।