
मंसिर ४,बिहिबार/ नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १०३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।